
काठमाडौँ, २८ असार । विराटनगरमा एउटा घरभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
मंगलबार विराटनगर महानगरपालिका–१३ स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा पुरुषको भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
शवको पहिचान हुन सकेको छैन ।
करिब ४५-५० वर्षीय पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।
घर सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको प्रहरीको भनाइ छ ।
शव गले दुर्गन्धित हुने अवस्थामा भेटिएको हो ।















प्रतिक्रिया