
काठमाडौँ, २८ असार । नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघले नेपाललाई श्रीलंकाको बाटोमा लैजान लागेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
मंगलबार संघका कार्यकर्ताले काठमाडौँको माइतीघरमा राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाइएका थिए । प्रदर्शनमा संघका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि दहन गरेको थिए ।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष किरण पौडेलले सरकारको जनघाती निर्णयविरुद्ध विरोध प्रदर्शनमा उत्रनुपरेको बताए ।
उनले कमिसनका लागि हतियार किन्न निर्णय खारेज गर्न सरकारसँग माग पनि गरे ।
हतियार किन्ने निर्णय नरोकिएसम्म आन्दोलन निरन्तर चलाउने अध्यक्ष पौडेलको चेतावनी छ ।















प्रतिक्रिया