३१ आश्विन २०८३, शनिबार

जबरजस्ती करणी गरी फरार रहेका टिपर चालक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका रा।१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पुर्‍याइदिने भनि बहाना बनाई चन्द्रगिरी नगरपालिका-७ थानकोटमा पार्किङ गरी सोही टिपर चालकले शुक्रबार राति जबरजस्ती करणी गरी टिपर समेत छाडी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ ।