
काठमाडौँ, २८ असार । आज मंगलबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।
तोलामा २०० रुपैयाँ घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार तोलामा १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको थियो।















प्रतिक्रिया