३१ आश्विन २०८३, शनिबार

धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकोछ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा यस अघि नै तोकि सकेको छ ।

वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालयहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।