३१ आश्विन २०८३, शनिबार

रुखमा झुण्डिएको अवस्थामा कास्कीमा महिला र पुरुषको शव फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पोखरा, २८ असार । कास्कीमा दुई जनाको शव फेला परेको छ ।

अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरीको जंगलमा रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा पहिचान भएको जनाएको छ ।

शव काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापाको रहेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव केही पुरानो भएको अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शवको बारेमा आइतबार जानकारी आए पनि सोमबार मात्रै ल्याउन सकिएको प्रहरीको भनाइ छ ।

प्रहरीले सोमबार घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपी सुन्दर तिवारीले जनाएका छन् ।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको छ ।

तर उनीहरु पोखरा पुगेको र अन्नपूर्ण गाउँपालिकाको होटलमा बसेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।