३१ आश्विन २०८३, शनिबार

भारतमा बाढीले वितण्डा, गुजरातमा एकै दिनमा ६३ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । भारतमा भारी वर्षाका कारण आएको बाढीले जनजीवन कष्टकर बनेको छ ।

पछिल्लो तथ्यांकअनुसार भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाढी प्रभावित १० हजार बढीलाई सुरक्षित स्थानमा लगिएको छ । त्यस्तै, आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन प्रभावित बनाएको उल्लेख छ । भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सजग रहन अपील गरेको छ ।

गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो भने वर्षाका कारण गुजरातको भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ ।