३१ आश्विन २०८३, शनिबार

अन्ततः फेरि फुट्यो जसपा, विभाजनको औपचारिक घोषणा हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ ।

मंगलबार विभाजनको औपचारिक घोषणा हुनेछ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीच विवाद चुलिएपछि जसपा विभाजित भएको हो ।

उनीहरुले यसअघि नै सहमतिमै छुट्टिने जनाइसकेका छन् ।

भट्टराईले भने जसपाबाट फुटेर गएका महन्थ ठाकुरसँग एकता गर्ने बताइएको छ ।

भट्टराई पक्षको मंगलबार र वुधबार जडिबुटीमा बस्ने बैठकबाट नयाँ पार्टीको घोषणा गरिने तयारी छ ।

उता यादवले विस्तारित बैठक वुधबार र बिहीबार विरगञ्जमा आयोजना गरेका छन् ।

यसरी छुट्टै केन्द्रीय समिति डाक्नुले जसपा औपचारिक रुपमा विभाजित भइसकेको देखिन्छ ।