
काठमाडौँ, २८ असार । ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक भएको छ ।
अमेरिकाको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् ।
वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट तस्वीर खिचेका थिए ।
तस्वीरमा प्रष्ट रुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ तथा ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश समेत तस्वीरमा देखिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता मानिएको छ ।
ब्रह्माण्डको वास्तविक आकारबारे बुझ्ने वर्षौंदेखिको प्रयास सार्थक भएको वैज्ञानिकहरुले जनाएका छन् ।
तस्वीर सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकाले ठूलो काम गर्न सक्छ भन्ने प्रमाणित भएको बताए ।

जेम्स वेब स्पेस टेलिस्कोप अन्तरीक्षको चारै दिशामा नजर राख्न सक्षम हुने गरी बनाइएको थियो । यसले पृथ्वीबाट एक लाख माइलभन्दा टाढाको तस्वीर पनि कैद गर्न सक्ने गरी बनाइएको थियो ।
यसको डिस्प्ले ६.५ मिटर लामो छ । जेम्स वेब टेलिस्कोपमार्फत् अन्तरीक्ष वैज्ञानिकहरुले आकाशगंगासहित अन्तरीक्षसँग सम्बन्धित हरेक तथ्यलाई बुझ्न सहज हुने विश्वास वैज्ञानिकहरुको छ ।

क्यामेरा बनाउने वैज्ञानिकहरुको टोली प्रमुख मार्सिया रिकीले यसबाट धेरै कुरा सिक्न पाएको बताइन् । –एजेन्सी















प्रतिक्रिया