३१ आश्विन २०८३, शनिबार

नेपाल सामु नामिबियाद्वारा २ सय २१ रनको लक्ष्य प्रस्तुत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलामा नामिबियाले नेपाल सामु २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनको योगफल हासिल गरेको हो ।

नामिबियाका लागि जान निकोन लोफ्टि एटनले सर्वाधिक ६० रनको योगदान गरे ।

खेलमा नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

सोमपाल कामी दुई तथा करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।