
काठमाडौँ, २७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले हैजा फैलाउने बताएका छन् ।
उनले गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले हैजा फैलाउने बताएका हुन् ।
सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले यस्तो बताएका हुन् ।
‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन ? भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन्’, ओलीको टिप्पणी छ ।
गठबन्धन स्वार्थले जोडिएको बताउँदै ओलीले भने, ‘अनेकका अनेक स्वार्थ छन्, उद्देश्य र गन्तव्य छैन । राष्ट्रिय राजनीति पोलोराइजेसनतिर गएको छ । सुखी नेपाली र समृद्ध नेपालीको नेतृत्व एमालेले गरिरहेको छ । सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने शक्ति छ ।’















प्रतिक्रिया