
काठमाडौँ, २७ असार । एकै दिन थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १२९ जना र एन्टिजेनबाट ३९ जनामा संक्रमण देखिएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् ।















प्रतिक्रिया