३१ आश्विन २०८३, शनिबार

दक्षिण कोरियामा थप १२, ६९३ नयाँ कोभिड सङ्क्रमित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल, २७ असार । दक्षिण कोरियामा विगत २४ घण्टामा १२,६९३ कोभिड-१९ बाट सङ्क्रमित फेला परेका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ४ ले बढेर ७१ पुगेको छ । थप १८ जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट कुल मृत्यु हुनेको सङ्ख्या २४,६६१ पुगेको छ। सङ्क्रमितको कुल मृत्यु दर भने ०.१३ प्रतिशत रहेको छ। –रासस