३१ आश्विन २०८३, शनिबार

सरकारद्वारा चीनको बीआरआई अस्वीकार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । सरकारले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अस्वीकार गर्ने भएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनष्टि पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा बीआरआईबारे जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले अनुदान भए लिने ऋण नलिने जवाफ दिएको बताइएको छ ।

नेपालले सन् २०१७ मा गरेको बीआरआई सम्झौता कार्यान्वयन भएको छैन ।

देउवाले सहुलियत ऋण वा अनुदान मात्र स्वीकार्ने जवाफ दिएको बताइएको छ ।