
काठमाडौँ, २७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।
मंगलबार राष्ट्रपति भण्डारीले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त गरेकी हुन् ।
उनीहरुलाई मन्त्रिपरिषदको सिफारिसमा सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।
















प्रतिक्रिया