३१ आश्विन २०८३, शनिबार

एक घण्टामै ५० अंकले घट्यो सेयर बजार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । आज सोमबार एक घण्टाको अवधिमै सेयर बजार परिसूचक ५० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्ममा ५१ अंकभन्दा धेरैले घटेको हो ।

यससँगै, नेप्से परिसूचक १ हजार ९४० अंकमा आइपुगेको छ । यस्तै, यो समाचार तयार पार्दा सम्ममा ५४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा १३ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा नेप्सेमा कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ ।