३१ आश्विन २०८३, शनिबार

कामना सेवा विकास बैंकद्वारा थप तीन शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट मोरङ्ग जिल्लाको केराबारी गाउँपालिका वडा नं. १० को थापाटारमा, सुन्दर हरैंचा न.पा. वडा नं. १२ शुक्रबारेमा र झापाको बुद्ध शान्तिगा.पा. वडा नं. १ को नमुना चोकमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

मोरङ्ग जिल्लाको केराबारी गा.पा वडा नं. १० थापाटारस्थित केराबारी भ्यु होटल एण्ड बार (प्रो. धनबहादुर लिम्बु), सुन्दर हरैंचा न.पा वडा नं. १२ शुक्रबारेस्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजन भगत) र झापा जिल्लाको बुद्ध शान्तिगा.पा. वडा नं. ०१ नमुना चोकस्थित बबि सप्लायर्स (प्रो. नन्दकुमार याफु राई)लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

मोरङ्ग जिल्लाको केराबारी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष पुर्ण बहादुर मगरले थापटारमा, सुन्दर हरौंचा न.पा. वडा नं. १२ का वडा अध्यक्षश्री रोशन प्रसाद ढकालले शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष अनिल वाग्लेले नमुना चोकमा शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा व्यवसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।