
काठमाडौं, २७ असार। कागेश्वरी मनोहरा–.८ स्थित श्री नवतनधाम श्रीकृष्ण प्रणामी मन्दीरलाई स्वर्गीय बद्रिप्रसाद प्रसाई परिवारका तर्फबाट १५ लाख बढी दान दिइएको छ।
स्व. प्रसाईको सम्झनामा उनकी पत्नी देवमाया प्रसाई तथा छोरा बुहारी, छोरी, नाति, नातिनाहरु, आफन्तजन, समाजसेवी स्थानीय नागरीकहरु समेतको उपस्थितिमा नवतनधान एवं निजानन्द एकेडेमी सन्चालनार्थ अक्षय कोष स्थापनाका लागि उक्त रकम दान गरिएको हो।
देवमायासँगै जेठा छोरा बुहारी रामबाबु–मिना प्रसाई, काईला छोरा प्रहरी उपरीक्षक कृष्ण प्रसाई– बुहारी भावना प्रसाई, छोरीहरु गोमा, नुतन समेतले संयुक्त रुपमा श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम कृष्ण शर्मालाई १५ लाख १६ हजार ६ सय ६६ रूपैयाको चेक हस्तान्तरण गरेका हुन्।
श्रीकृष्ण प्रणामी मन्दीरमा बुवा स्व. बद्रिप्रसाद प्रसाईको स्मृतिमा १० लाख ११ हजार १ सय ११ रुपैंया अक्षयकोष स्थापनार्थ र कान्छो भाई स्व. भरत प्रसाईको स्मृतिमा निजानन्द एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुलाई बार्षिक छात्रबृत्तिका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैंयाको अक्षय कोष स्थापना गर्न लागिएकोे प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।
स्थापना गरिएको अक्षयकोष स्थायी हुने बताइएको छ।
सो बाट आर्जित ब्याजबाट बुवा, तथा भाईको बार्षिक स्मृतिमा नियमित केही कार्यक्रम गर्ने साथै आमा तथा आफ्नो जन्मदिन समेत सोही मन्दीरमा सामाजिक कार्य गरी मनाउने प्रहरी उपरिक्षक कृष्ण प्रसाइले बताए।

श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय अध्यक्ष श्यामकृष्ण शर्माले समाजसेवामा संलग्न रही उक्त अक्षय कोष स्थापनाको लागि रकम हस्तान्तरण गर्ने प्रसाई परिवारका सदस्यलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।
देवमाया प्रसाईले यस्ता कार्यक्रमले समाज सेवामा थोरै भए पनि टेवा पुग्ने भएकाले अन्य आफन्त छिमेकि समेतलाई यस्ता पुण्य कार्यमा सहभागी हुन अनुरोध गरिन्।
कार्यक्रममा भावुक मुद्रामा बोल्दै जेठा छोरा तथा बुहारी रामबाबु ्मिना प्रसाईले वुवा तथा कान्छो भाईले गरेका कार्यहरुको प्रशंसा गरेका थिए।
श्री नवतनधाम श्रीकृष्ण प्रणामी मन्दीरका अध्यक्ष बिष्णु चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा निजानन्द एकेडेमीका बालबालिकाले भजन सहितको नृत्य समेत प्रस्तुत गरेका थिए ।
बिक्रम सम्बत १९९५ माघ १७ गते ताप्लेजुङ्ग जिल्लाको हाङपाङमा जन्मिएका बद्री प्रसाद प्रसाई एक कुशल पथ प्रदर्शक र समाजसेवी थिए। ७ सन्तानमा छोरीहरु गोमा मैनाली (प्रसाई) र नुतन उप्रेती (प्रसाई) हुन् भने, जेठा छोरा रामबाबु प्रसाई बैकको अवकास प्राप्त अधिकृत हुन्। माईला छोरा डा. नारायणप्रसाद प्रसाई प्राध्यापक छन्। साहिला छोरा हरी प्रसाद प्रसाई परराष्ट्र मन्त्रालयको अधिकृतको रुपमा हाल अमेरिकाको न्यूयोर्क स्थित कार्यालयमा कार्यरत छन् भने काइँला छोरा कृष्ण प्रसाई नेपाल प्रहरीमा प्रहरी उपरीक्षक पदमा कार्यरत छन्।
कान्छा छोरा भरत प्रसाईको माओवादी द्वन्द्व कालमा २०६१ साल साउन १५ गते चितवनमा एम्बुसमा परि निधन भएको थियो । उनी प्रहरी निरिक्षक थिए।











प्रतिक्रिया