
काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी साता प्रतिनिधि सभाको चुनाव घोषणा हुने बताएका छन् । साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको उनले बताए ।
सोमवार ललितपुर क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा महामन्त्री थापाले चुनाव मिति घोषणा हुन बाँकी रहेको ८ दिनमा मतदाता नामावली संकलनको काममा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
‘साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्छ । मंसिरको ४ या ५ मा चुनाव हुन्छ । बाँकी रहेको यो ७-८ दिन मतदाता नामावली संकलनमा जुट्नुस्,’ थापाले भने ।















प्रतिक्रिया