१ कार्तिक २०८३, आइतबार

यस्तो छ आजको मौसम

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ असार । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको अनुमान गरिएको छ ।

सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै, सुदूरपश्चिमका एक–दुई स्थानमा पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।