१ कार्तिक २०८३, आइतबार

लमजुङमा पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लमजुङ, २६ असार । शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन् ।

आज तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

उनले भने, “हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा भेटियो ।” जिल्ला प्रहरी कार्यालय तनहुँबाट अनुसन्धान टोली आएर मुचुल्का उठाएर शवपरीक्षणका लागि तनहुँको दमौली अस्पताल लगेको उनले बताए । –रासस