१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउ तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् । उनले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेटेका छन् ।