
पर्सा, २६ असार । वीरगंज महानगरपालिका–१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया