
काठमाडौँ, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको आइतबार बसेको बैठकमा कुटाकुट भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा दुई पक्षबीच कुटाकुट भएको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि राप्रपा महिला संघको अध्यक्षमा अन्जना रावल शाहलाई नियुक्त गरेका थिए ।
पार्टी बाहिरको मान्छे शाहलाई अध्यक्ष नियुक्त गरेको भन्दै कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए ।
आजको पहिलो बैठकमा उनीहरुले विरोध गरेका हुन् ।
विवादपछि दुई पक्षबीच भनाभन हुँदै हानाहानसम्म पुगेको हो । हानाहानको क्रममा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङसहित केही घाइते भएका छन् ।















प्रतिक्रिया