१ कार्तिक २०८३, आइतबार

बाजुराको बुढिगंगाको मतगणना अन्तिम चरणमा, एमालेको जित निश्चित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार। बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा (एमाले)को जित निश्चित भएको छ ।

पछिल्लो विवरण अनुसार ८,७१९ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ४,५५५ मत ल्याएका छन् भने कांग्रेसका रंगबहादुर खातीले ३,५९७ मत ल्याएका छन् ।

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब ४०९ मत मात्र गन्न बाँकी रहेको छ । उनीहरूबीच अहिले ९५८ मतको फरक छ । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएकाले एमालेको जित निश्चित भएको हो ।