५ कार्तिक २०८३, बिहिबार

स्टार्टअप वर्ल्डकप नेपाल–२०२२ आगामी बुधबार हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ ।

विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलो पटक भौतिक रूपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ । गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइनमार्फत गरिएको थियो ।

प्रतिस्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरूले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना क्यालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाइनलमा सहभागी हुन पाउने छन् ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरू सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत वर्ल्डकप नेपालमा भित्र्याएको हो ।

स्टार्टअप वर्ल्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सीईओ क्लब ग्लोबलले टाइटल स्पोन्सर गरेको छ भने एनआईसी एशिया बैंकले इन्नोभेटिभ बैंकिङ पार्टनरका रूपमा प्रायोजन गरेको छ ।

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रूपैयाँ बराबर) लगानी पुरस्कार पाउने स्टार्टअप वर्ल्डकपले जनाएको छ ।