५ कार्तिक २०८३, बिहिबार

कोभिड महामारी समाप्त भएको छैनः डब्ल्यूएचओ, नेपालमा पनि बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ ।

डब्ल्यूएचओका अनुसार ११० वटा राष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।

‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन,’ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बुधबार भने, ‘कोभिड–१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोनलाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ ।’

नेपालमा पनि कोरोना बढ्न थाल्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ६१२ एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । हिजो बुधबार १९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।