५ कार्तिक २०८३, बिहिबार

कांग्रेसभित्र मौलायो मतभेद, कोइराला समूहले बोलायो छुट्टै सचिवालय बैठक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । सत्तासीन नेपाली काँग्रेसभित्र भइरहेको मतभेद सतहमा आउने सङ्केत देखिएको छ ।

सभापति देउवाको एकलौलटी निर्णय गर्ने प्रवृत्तिविरुद्ध शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारी गरेसँगै कांग्रेसभित्रको मतभेद सतहमा आउने सम्भावना बढेको हो । किनकी सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भनेर आपत्ति जनाउँदै आएको शेखर समूहले छुट्टै बैठक बोलाएको छ ।

विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको छ ।

पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र आफ्नो समूहको अस्तित्व स्वीकार गर्ने लक्षण सभापति देउवाले नदेखाएपछि सोच्नुपर्ने ठाउँमा पुर्‍याएको कोइराला पक्षको भनाइ छ । पार्टीको विधि र विधानलाई बेवास्ता गर्ने विगतको समस्या यथावत् देखिएको शेखर समूहको आरोप छ ।

विधि र विधानलाई पालना गर्ने १४औँ महाधिवेशनको प्रतिबद्धतामा सभापति देउवा गम्भीर नदेखिएको शेखर समूहको ठहर छ । महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सम्पूर्ण काम पूरा भइसक्नुपर्ने विधानको किटानी व्यवस्था छ । तर, ६ महिनामा सुरुवात समेत नभएपछि शेखर समूहले विधान कार्यान्वयन नभएको विषयलाई सशक्त ढंगले उठाउने तयारी गरेको छ ।