५ कार्तिक २०८३, बिहिबार

पत्रकारलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन इमेज र जनता टीभीलाई काउन्सिलको आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल उपलब्ध गराउन इमेज च्यानल र जनता टेलिभिजनलाई आग्रह गरेको छ ।

इमेज च्यानल टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन काउन्सिलले एक विज्ञप्तिमार्फत जोड दिएको हो । काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको मङ्गलबार बसेको बैठकले पारिश्रमिक नदिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्णय गरेको हो ।

यस विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भइरहेको र थप यथार्थ बुझ्न स्थलगत निरीक्षण पनि गरिने वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि सञ्चार गृहबाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने, सेवाबाट निष्काशन गर्ने कार्य नगर्न/नगराउन पनि काउन्सिलले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।