
काठमाडौं, १५ असार । अविरल वर्षाका कारण असार विभिन्न स्थानमा डुवानमा परेका करिब २८८ घरका करीब ९३४ जना व्यक्तिहरूको एकैदिन उद्धार गरिएको छ ।
झापाको गौरीगञ्ज गाँउपालिका–१ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा हिजो मंगलबार माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।
बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सार्नाका साथै डुवान प्रभावित घरका खाद्यान्न लगायत विभिन्न सामग्रीहरू समेत सुरक्षित स्थानमा सारेको बताइएको छ ।
यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका–२ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायत सामग्रीहरु सशस्त्र प्रहरी बल नेपाल बीओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका–१ स्थित टाइगर टोलका डुवान प्रभावित १३० वटा घरका करिब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करिब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नाका साथै खद्यान्न लगायत सामग्रीहरू सुरक्षित स्थानमा सारेको हो ।















प्रतिक्रिया