शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भोलि दिउँसोसम्म वर्षाको सम्भावना, आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

दैनिक नेपाल २०७९ असार १५ गते ८:४५

काठमाडौं, १५ असार । गएरातिदेखि भइरहेको वर्षा अझै रोकिएको छैन, वर्षाको यो क्रम भोलि दिउँसोसम्म जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ । भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने बताइएको छ । जस अनुसार आज पनि मुलुकभर वर्षा हुने भएको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ । शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण पहाडी भूभागमा भूक्षय तथा पहिरोको जोखिम बढ्नाका साथै तराइका नदी नालामा वहाब बढ्न सक्ने र त्यसबाट हुने जोखिमबाट बच्न महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित