शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवसः विशेष रोपाइँका साथ दहीचिउरा खाएर मनाइँदै

दैनिक नेपाल २०७९ असार १५ गते ७:२६

काठमाडौँ, १५ असार । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस ।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिनका रूपमा लिइने असार १५ का दिन आज विशेष रोपाइँ गर्दै दहीचिउरा खाएर यो दिवसलाई मनाउने गरिन्छ । यस वर्ष आज बुधबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

नेपालको प्रमुख खाद्यान्न बाली धानी हो ।

प्रतिक्रिया
सम्बन्धित