शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाजसेवी ज्योति घिमिरेलाई ‘राष्ट्रिय समाजसेवी सम्मान’ प्रदान

दैनिक नेपाल २०७९ असार १४ गते ९:०१

काठमाडौं, १४ असार । समाजसेवी ज्योति घिमिरेलाई ‘राष्ट्रिय समाजसेवी सम्मान’ प्रदान गरिएको छ ।

आठौँ नेशनल क्यापिटल अवार्ड–२०७८ को अवसरमा उनलाई सम्मान गरिएको हो । लामो समयदेखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लबसँग आबद्ध रहेर देश र समाजका लागि सामाजिक कार्यमार्फत पुर्याएको योगदानको सम्मानस्वरुप उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले घिमिरेलाई दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरे । दुःख र पीडामा परेका असाहय, अनाथ, बृद्ध–वृद्धा, बालबालिकाहरूलाई सहयोग प्रदान गर्दै आएकी ज्योतिले भुकम्प, बाढीपीडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएकी थिइन् ।

उनको सहयोगी भावको कारणले हजाराँ पीडितलाई गाँस, बास र कपासको व्यवस्था हुँदै आएको र सम्बृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मूल्यांकन गर्दै समाजसेवी ज्योति घिमिरेलाई माननीय पूर्वमन्त्री पार्वत गुरुङलगायत अन्य विशिष्ठ व्यक्तित्वमार्फत ‘राष्ट्रिय समाजसेवी सम्मान’ प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित