
काठमाडौँ, १० असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मन्त्री हेरफेरको विषयले नेकपा एसभित्र भएको विद्रोहलाई कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सचिव भट्टराईले माधव नेपाललाई पार्टी विभाजन नगर्न आफूले गरेको अनुनय विनय सम्झिएको उल्लेख गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा आफूले विभाजन नगर्न गरेको अनुनय सम्झिएको भट्टराईको भनाइ छ ।
‘एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,’ भट्टराईले लेखेका छन् ।
आफूले नेता नेपाल र खनाललाई एमाले विभाजन भनेको नेपालको कम्युनिष्ट आन्दोलन तहसनहस पार्ने षड्यन्त्र भएको भनेर अनुरोध गरेको भट्टराईले उल्लेख गरेका छन् ।
बिस्तारै त्यस्ता तत्वहरु नेपाल र खनालले चिन्लान् नचिन्लान् भन्दै भट्टराईले खेलेका छन्, ‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।’
यस्तो छ योगेशको टिप्पणी
एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ ।
हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।
आत्माबोध र पश्चातप: सिर्फ कहिले ?















प्रतिक्रिया