२ कार्तिक २०८३, सोमबार

म्याग्दे गाँउपालिकाको बजेट ७३ करोड

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विवि श्रेष्ठ

तनहुँ, १० असार । म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०७९ ८० को बजेट ७३ करोड २६ लाख ९५ हजार ३ सय ६५ रुपैयाँ प्रस्तुत भएको छ ।

गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेबाट सो बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पूर्वाधार विकास तर्फ पुजीगत खर्च तर्फ १५ करोड ९२ लाख, २९ हजार ६ सय ७५ र चालु खर्च तर्फ ५७लाख ३९ हजार ६ सय ९० गरि जम्मा १६ करोड ४९ लाख ६९ हजार ३ सय ६५ रुपैया प्रस्ताव गरिएको छ ।

यसैगरि आर्थिक विकास समिति अन्र्तगत पूँजीगत तर्फ ३ करोड २३ लाख ८० हजार र चालु तर्फ २ करोड २८ल ाख २० हजार गरि जम्मा ५ करोड ५२ लाख प्रस्ताव गरिएको छ ।

समाजिक विकास समिती अन्र्तगत पूँजीगत खर्च तर्फ ७ करोड ७४ लाख र चालु तर्फ ३० करोड ५५ लाख७६ हजार गरि जम्मा रु ३८ करोड २९ लाख७६ हजार विनियोजन गरिएको छ ।

यसैगरि सुशासन तथा संस्थागत विकास तर्फ खर्च गर्ने गरि ७ करोड ४ लाख ५० हजार र पुजिगत तर्फ रु ४१ लख गरि ७ करोड ४५ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

यसैगरि वन, वातावरण तथा विपद व्यवस्थापन अन्र्तगत चालु तर्फ १० लाख र पुजीगत तर्फ ४० लाख गरि जम्मा ५० लाख प्रस्ताव गरिएको छ ।

यसैगरि अनुमानित कुल आयतर्फबाट वित्तिय समानीकरणको संघिय सरकारवाट१० करोड ९२ लाख, शशर्त अनुदान चालु रकम संघिय सरकारवाट १४ करोड ८७लाख, सशर्त अनुदान पूँजिगतबाट १ करोड ८४ लाख, राजश्व वाँडफाँड रकम वाट ८ करोड ४९ लाख ६७हजार, विशेष अनुदानचालु रकम संघीय सरकारबाट २ करोड, समपुरक अनुदान रकम संघिय सरकारवाट २ करोड ९० लाख, वित्तिय समानिकरण रकमप्रदेश सरकारवाट १ करोड २१ लाख २३ हजार, राजश्व वाँडफाँड रकमप्रदेश सरकारवाट ५४ लाख ९ हजार आयहुने प्रक्षेपण गरिएको छ ।

प्रस्तावित बजेटअनुसार सशर्त अनुदान रकम प्रदेश सरकारवाट ५० लाख, समपुरक अनुदान रकम प्रदेशबाट ५० लाख, आन्तरिक आय गापाबाट ६ करोड ८ लाख ३० हजार ६ सय ७५, आन्तरिक सर्ने अल्याबाट ४ करोड ६९ लाख १५ हजार ६ सय नव्वे, ०७८/०७९ को अल्या कोभिड कोष वाट १० लाख, समाजिक सुरक्षा अनुमान वाट १३ करोड ६० लाख, लागत साझेदारीमा नागरिक वाट जम्माहुने जनसहभागिता रकमबाट १ करोड ५० लाख, गैसस वाट परिचाल नहुने १० लाख, कृषि भिसिडीपि कार्यक्रमबाट १० लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्र्तगत ६० लाख पचास हजार, सडक वोर्ड आय संघिय सरकार मार्फत २१ लाख, मालपोतको बाँडफाँड हुने रजिष्टेशन दस्तुर तनहुँ मालपोतबाट २ करोड, शुक्ला गण्डकी नपाबाट पुल निर्माणका लागि प्राप्त हुने २० लाखगरि कुल ७३ करोड २६ लाख पन्चानव्वे हजार ३ सय पैसट्टी रुपैयाँ प्रस्ताव गरिएको छ ।

सो प्रस्ताव माथि दफावार छलफलका लागि असार १६ गते बैठक बोलाइएको छ ।