२ कार्तिक २०८३, सोमबार

अवैध लागूऔषध सहित एक जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १० असार । निजगढ नगरपालिका-१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर बकैया गाउँपालिका-३ बस्ने ३३ वर्षीय लाल काजीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्र ३-०२-०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन
नखुलेकी महिलाले बोकेको झोला फाली जंगलतर्फ भागि फरार भएकोमा सो झोला र मोटरसाइकल चालक लाल काजीले बोकेको झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

हाल फरार महिलाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।