५ कार्तिक २०८३, बिहिबार

घनश्याम भुसाललाई सूर्य थापाको प्रश्न– पार्टीको अहितमा बोल्नु तपाईंको मार्क्सवादी तरिका हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल पार्टी र पार्टी नेतृत्वको विरुद्धमा रहेको आरोप लगाएका छन् ।

भुसालका पछिल्ला अभिव्यक्तिहरू विगतमा पार्टी कब्जा गर्न उद्दत, विभाजनकारी र एमालेविरोधी तत्वहरूलाई खुशी पार्ने कोटीका भएको बताउँदै थापाले भुसालमाथि प्रश्न सोधेका छन्, ‘पार्टीको अहितमा नेतृत्वविरूद्द बर्बराउनु तपाईंको मार्क्सवादी तरिका हो ?’

‘१० बुँदेको लिस्नो चढेर पार्टीमा फर्किनुभयो, अहिले त्यसलाई बिर्सिसक्नुभयो, अनि पार्टीको महाधिवेशनलाई त तपाईं सौराहा काण्ड भन्दै लाञ्छित गर्दै हुनुहुन्छ, जसको सारा प्रक्रियामा सहभागी भएकोमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर आजको हैसियत पाउनुभएको छ । खासमा तपाईं अब कहाँबाट सम्हालिएर अघि बढ्नुहुन्छ ? कि अरूको हित एवम् आफ्नो पार्टीको अहितमा नेतृत्वविरूद्द बर्बराउनु तपाईंको मार्क्सवादी तरिका हो ?,’ थापाले प्रश्न गरेका छन् ।

आफ्नो पदीय मर्यादा भुलेर भुसालले पार्टीविरोधी अभिव्यक्तिहरू दिइरहेको भन्दै थापाले सामाजिक सञ्चालमा टिप्पणी गरेका छन्, ‘आदरणीय घनश्याम भुसालजीले नेकपा (एमाले)स्थायी कमिटी सदस्यको मर्यादाविपरित सार्वजनिक गरिरहनुभएका अभिव्यक्तिहरू मूलतः विगतमा पार्टी कब्जा गर्न उद्दत, विभाजनकारी र एमालेविरोधी तत्वहरूलाई खुशी पार्ने कोटीका छन् । यो उहाँको आत्मनिन्दाको विनाशकारी रवैया र तरिका हो ।’

कमसेकम रूपन्देहीमा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विजय हासिल गरेर काठमाडौं आई पार्टी कमिटीभित्र नेतृत्वमाथि औंला तेर्स्याएको भए त्यसलाई आत्मसमीक्षाको कोशिस भन्न मिल्ने थापाको भनाइ छ ।

‘२०७७ पुस ५ पछि आफ्नो पार्टीको नेतृत्वको सरकार ढाल्न राष्ट्रपति र सर्वोच्च अदालतसम्म हस्ताक्षर गर्दै हिडेडुलेर देउवालाई प्रधानमन्त्री बनाउने बदनाम भूमिकाप्रति एक शब्द आत्मालोचनासम्म गरेको भए, बर्षामान लहरमा बसेर सरकारबाट बाहिरिएको घोषणाप्रति पश्चात्ताप गरेको भए तपाईं सुन्नलायकसम्म हुने अवस्था बाँकी रहन्थ्यो,’ उनले अगासड लेखेका छन्, ‘त्यतिबेला तपाईं मन्त्री हुनुअघिका यस्तै भाषणवाजी र मन्त्रीको हैसियतमा तपाईंको कार्यसम्पादनको सीमा मात्रको तुलना गरेर हेर्नु र आत्मनिन्दाको बाटो छाडेर सुध्रिनु उपयुक्त देखिन्छ । पार्टी त धुलो टक्टक्याएर उठ्छ र अघि बढ्छ, तपाईंचाहिँ प्रचण्ड र माधव नेपालसँग वामपन्थी एकताको राग अलाप्दै एक साताव्यापी होइन, एक बर्ष त यसरी नै बिताइसक्नुभयो, बाँकी जीवनव्यापी अभियान नै संचालन गरेर समय बिताउनुस् ।’