५ कार्तिक २०८३, बिहिबार

‘हचुवाको निर्णय’बाट सरकार पछि हटेसँगै भोलिदेखि बिदाको व्यवस्था पुरानै लागू हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । भोलि असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ ।

गृह मन्त्रालयले हिजो सोमबार सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जानकारी दिएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय १५ दिनमै खारेज गरेको छ ।

पछिल्लो निर्णय अनुसार सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ । यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने विज्ञप्तिमा भनिएको छ ।

सरकारले दुई दिन विदा दिने र फिर्ता लिने निर्णय हचुवाको भरमा गरेको भन्दै तीव्र आलोचना भएको छ । आलोचकहरूले सरकारको यो निर्णयलाई ‘हचुवा’ र ‘अपरिपक्व’ भएको टिप्पणी गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति–