५ कार्तिक २०८३, बिहिबार

सरकारले जनतामाथि महङ्गीमाथि महङ्गी थोपर्‍यो : प्रवक्ता लावती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले महंगीमाथि मंहगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गरेको ठहर गरेका छन् ।

‘डिजेल पेट्रोल मात्र नभएर, प्रत्येक उपाभोग्य सामाग्रीको बजार भाउ आकाशिएको छ । तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महंगीले आम जनजीवन कष्टप्रद बनेको छ,’ प्रवक्ता लावतीले भने ।

‘अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो छ । तर जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर बसेको छ, केवल मुकदर्शक भएर बसेको छ,’ उनले भने ।

राप्रपा प्रवक्ता लावतीले मौवामा सम्पन्न तुम्बेवा गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो विचार प्रकट गरेका हुन् । समाजको हरेक तहमा भ्रष्टाचारले गाडेकोमा चिन्ता प्रकट गर्दै राप्रपा नेता लावतीले भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार पूर्ण रहेको बताए ।