५ कार्तिक २०८३, बिहिबार

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सर्वोच्चमा पेशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन । अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेशी तोकिएको थियो ।

सरकारले आफूभन्दा १६ महिना जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल न्याय माग्न सर्वोच्च अदालत पुगेका हुन् ।