५ कार्तिक २०८३, बिहिबार

बाल श्रम, बसाइसराई र बेचबिखनबारे राष्ट्रिय सम्वाद सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । बालश्रमविरुद्धको विश्व दिवशको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जाल (एनसीपीए)ले बालश्रम, बसाइसराई र बेचबिखनका बारेमा राष्ट्रिय सम्वाद सम्पन्न गरेको छ ।

राष्ट्रिय बाल संरक्षण सञ्जालले आयोजना गरेको उक्त कार्यक्रमको सहकार्य स्वतन्त्रता अभियान, चाइल्ड नेपाल, आसमान नेपाल, वर्ल्ड भिजन, डिउकम र सीडीएसको रहेको थियो । यस वर्षको नारा बालश्रम अन्त्यका लागि विश्वव्यापी सामाजिक सुरक्षा रहेकाले यसै अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

बालश्रम अन्त्यका लागि विश्वव्यापी सामाजिक सुरक्षा सुनिश्चितताका लागि समेत अन्तरकृयाको विषयवस्तु बनेको थियो । राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा सञ्चातिल कार्यक्रममा अतिथिहरु श्रम रोजगार तथा समाज कल्याण मन्त्रालयका सह सचिब डा. दिपक काफ्ले, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाईको रहेको थियो ।

एनएसीजीका संयोजक बेनुमाया गुरुङले बालश्रम, बसाई सराई र बेचबिखन का बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिएन् । उनले यो बिषयहरु अन्तर्सम्बन्ध भएकाले बालश्रम भएको व्यक्ति बेचबिखनमा पर्न सक्ने समेत बताइन् । उक्त समस्या समाधान गर्न सबैको सहकार्य हुन आबश्यक रहको उनको भनाइ छ ।