५ कार्तिक २०८३, बिहिबार

कोटेश्वरमा ट्रकको ठक्करबाट मिक्लाजुङकी राईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । काठमाडौंको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गएराति ना ५ ख २९ १९ नम्बरको ट्रकको ठक्करबाट बा ७१ प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने पाँचथरको मिक्लाजुङ–५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा १० बजे ज्यान गएको हो । दुर्घटना भने पौने १० बजे भएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।