५ कार्तिक २०८३, बिहिबार

बजेटमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले आज जवाफ दिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै छन् ।

आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्ने छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ जना मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

सम्बन्धित मन्त्रीहरुले जवाफ दिने काम सकिएपछि बजेट पारित गर्ने प्रक्रियामा अगाडि बढाइने छ ।