५ कार्तिक २०८३, बिहिबार

मध्यराति काठमाडौंमा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का, भक्तपुर केन्द्रविन्दु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । शुक्रबार राति काठमाडौं उपत्यकामा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भक्तपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । राति २ बजेर ३६ मिनेटको समयमा सो भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका बेला मानिसहरू घरबाहिर समेत निस्किएका थिए ।

जेठ महिना लागेपछि मात्रै नेपालमा योसहित चार वटा भूकम्प मापन गरिएको छ । यसअघि जेठ ९ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ र ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै जेठ २४ गते वैतडी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।