५ कार्तिक २०८३, बिहिबार

बालबालिकाले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाले कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउन पाउने भएका छन् ।

पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई सरकारले मोडर्ना तथा फाइजर खोप दिएको थियो ।

१२ देखि १७ वर्षसम्मका बालबालिकाले बुस्टर डोजमा मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ । सरकारले आउँदो असार ९ गतेदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरेको छ ।