५ कार्तिक २०८३, बिहिबार

तनहुँको आँबुखैरेनीमा भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ ।

निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

कार भने नदीमा पुगेको छ । ‘कार पहिरोले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ,’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।’

उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ । रासस