५ कार्तिक २०८३, बिहिबार

आजदेखि जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेशनल प्याब्सन बुढानीलकण्ठ नगर कार्यसमितिको संयोजनमा नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आजदेखि काठमाडौं जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

प्रतियोगितामा काठमाडौं जिल्लाभरका ६१ भन्दा धेरै विद्यालयका ८६ भन्दा बढी टीमहरू सहभागी हुने भएका छन् । नेशनल आइडियल स्कुल, मण्डिखाटारको प्राङ्गणमा उक्त प्रतियोगिता आयोजना हुने छ । जेठ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगता हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म जारी रहनेछ ।

प्रतियोगिताका विजयी पाँच टीमलाई ट्रफी, मेडल, सर्टिफिकेटका साथै नगद पुरस्कारको समेत व्यवस्था गरिएको नेशनल प्याब्सन बुढानीलकण्ठ नगर कार्यसमितिको सहसचिव तेन्जिङ भुटियाले जानकारी दिएका छन् ।

प्रतियोगिताको समापन आगामी आइतबार २९ गते नेशनल आइडियल स्कुलकै प्राङ्गणमा हुने छ । उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई तथा शुभकामना समेत प्रदान गरिने जानकारी नेशनल प्याब्सन बुढानीलकण्ठ नगर समितिका अध्यक्ष नारायण तिमिल्सिनाले जानकारी दिएका छन् ।