
काठमाडौं, २७ जेठ । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)मा आवद्ध पत्रकारहरुको उपचार ॐ समाज डेन्टल हस्पिटलले निःशुल्क गर्ने भएको छ ।
नोजा र हस्पतालबी यस सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा ॐ समाज हस्पिटलको केही सुबिधाबाहेक सबै सुबिधामा २० प्रतिशत छुट दिने उल्लेख छ ।
यो बाहेक अन्य सुविधामा समेत नोजाले सिफारिस गरेका पत्रकारहरुको कमजोर आर्थिक अवस्था भएकाको लागि हस्पिटलले निःशुल्क उपचार गर्ने गरी र नोजाको सिफारिसमा हरेक उपचारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ ।















प्रतिक्रिया