५ कार्तिक २०८३, बिहिबार

प्रतिनिधिसभा बैठकमा आज चार वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि आज छलफल हुनेछ ।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै पौडेलले पनि विनियोजन विधेयक २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्चा कटौटीको प्रस्ताव पेस गर्ने भएकी छिन् ।

र, अर्का सांसद डा. सूर्यप्रसाद पाठकले विनियोजन विधेयक, २०७९ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्दै अर्को प्रस्ताव प्रस्तुत गर्ने भएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।