
काठमाडौं, २४ जेठ । ग्लोबल आईएमई बैंकले चितवनको भरतपुरमा अत्याधुनिक तथा सुविधासम्पन्न कार्यालय भवन शिलान्यास गरेको छ ।
बैंकले चितवनको भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरे ।
साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरूको भेला तथा करीब ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्गसम्बन्धी सचेतना र्याली पनि आयोजना गरेको छ । उक्त सचेतना र्याली नारायणी नदी किनारबाट शुरू भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ वटा शाखा, २६० वटा एटीएम, २७५ वटा शाखारहित बैंकिङ्ग सेवा, ५१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करीब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।















प्रतिक्रिया